नेपाल भारतबीच ७ वटा सम्झौता, यस्ता छन् सम्झौताका विषय

नयाँ दिल्ली । नेपाल भारतबीच ७ वटा सम्झौता भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौता भएको हो।

सम्झौतामा ट्रिटी ट्रान्जिटको पुनरावलोकन गर्ने सम्झौता भएको छ। त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुस गोयबीच सम्झौता आदान प्रदान भएको हो।

याे पनि पढ्नुस  सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगंज– चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ।

यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन्।

अर्को सम्झौता सुस्मा स्वराज इस्च्यूट फरेन सर्भिस रहेको छ। त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ।

याे पनि पढ्नुस  मोदीसामु प्रचण्डले मागे नयाँ हवाई रुट

दोधारा चाँदनी आईसीसीको बारेमा समेत सम्झौता भएको छ। त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतका राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन्।

यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना लगानी सम्झौता भएको छ।

यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डद्धारा गान्धीको समाधि स्थलमा पुष्पगुच्छा अर्पण(तस्बिर)

यसैगरी क्रस बोर्डर पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको हो।

कमेन्ट गर्नुहोस्