काठमाडौं । भारतले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरण अवतरण प्रणाली इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनका लागि सहमति जनाएको छ ।
दुई देशबीच सहमति नहुँदा विमानस्थल सञ्चालनमा आएको वर्षदिन पूरा हुदाँ पनि आईएलएस सञ्चालनमा आउन सकेको थिएन । जसले गर्दा ठूलो लगानीमा जडान गरिएको आईएलएस प्रयोगविहीन बनेको थियो ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भ्रमणका क्रममा आईएलएस सञ्चालनमा भारतले सहमति जनाएको हो ।
यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आईएलएस उडान–अवतरणको बाटो खुलेको छ ।