कार्यक्रममा हात मिलाउँदै गर्दा स्टेजमा अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…….

एजेन्सी । कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्।

८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए। कार्यक्रममा उपस्थित ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठिक छन्।,’

उनले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, त्यसैमा ठोक्किँदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक बेन लाबोल्टले बिहीबारको सो घटनाबारे ट्विटरमा लेखेका छन्।

त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले भने, ‘म बालुवाको झोलामा ठोक्किए, अनि लडे जस्तो भएँ।’

कमेन्ट गर्नुहोस्