इन्दोरमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागत(तस्बिर)

काठमाडौं ।छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) मध्य प्रदेश पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशको इन्दौर विमानस्थलमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका हुन् ।

इन्दौर उत्रिएपछि सडकमार्ग हुँदै उज्जैन पुगेर प्रचण्डले महाकाल मन्दिरको दर्शन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्। नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा दुई देशका झण्डा लिएर सर्वसाधारणले सडकमा लामबद्ध भएर स्वागत गरेका छन् ।

उनको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत पनि गरिएको थियो। इन्दौरमा प्रधानमन्त्री दाहाल होटल मेरियटमा बस्ने छन् ।

कमेन्ट गर्नुहोस्