काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) का कर्मचारीहरु सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
भक्तपुर कार्यालयबाट आज बिहान खोटाङ जाने क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको हो । त्यसमा सवार चार जनामध्ये चाकल भने पौडेर निस्कन सफल भएका छन् ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको जानकारी नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले दिए । गाडी नम्बर खुल्न र थप विवरण आउन बाँकी रहेको एसपी सिलवालले जानकारी दिए । नजिकमा गोताखोर नभएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र पहरीले लगायत उद्धारमा खटिएको एसपी सिलवालले बताए ।