एमाले सचिवालय बैठक च्यासलमा जारी

काठमाडौं । केन्द्रीय सदस्यहरुको कार्यबिभाजनसहित पछिल्लो बिकसित राजनीतिक घटनाक्रमको बिषयमा निर्णय लिन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकले स्पष्ट खाकासहित नयाँ कार्ययोजना ल्याउने भएको छ । बैठकले केन्द्रीय सदस्यहरुको कामको आधारमा जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्ने एजेण्डा रहेको छ ।

यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसारसचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउने एमालेको योजना छ ।

कमेन्ट गर्नुहोस्