महानगर प्रमुख दाहालद्धारा मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाईने कार्य सुरु भएको बताएकी छन्।

भरतपुर वडा नम्बर १ नारायणी नदी किनारमा बिहिबारदेखि सुरु भएको मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम एवम् निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै उनले मंसिरदेखि नै कानुनी प्रकृया सुरु गरिएको उल्लेख गरे ।

महानगरभित्र २९ वटा वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरितका अवैध संरचना एकिन गर्ने काम सकिएको जानकारी दिए ।

उनले विभिन्न प्रकृया पुरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, मार्किड गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ अगाडि बढेको स्पष्ट पारे ।

महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरेको प्रमुख दाहालले बताए। अहिले एक साताभित्र आफ्ना अवैध संरचना हटाउन अन्तिम अल्टिमेटम दिई एक्सनमा उत्रिएको उनको भनाई थियो ।

महानगरपालिकाले जुन वडाको अवैध संरचनाको व्यवस्थापन गर्न त्यही वडाका वडाध्यक्ष संयोजक रहेने गरी समिति गठन गरेका गरेको प्रमुख दाहालले बताए ।

उनले वर्षौदेखि सरकारी जग्गा हडपेर बसेका व्यावसाय संघ संस्थाको एकिन भईसकेले २९ वटै वडाको संरचना यही ढडगबाट व्यवस्थापन गरिन्छ–उनले भने ।

यस्तै नदी खोलमा ओगटेको पुंगी र केरुडमा पनि बनेका मापदण्ड विपरितका संरचनालाई हटाइने बताए । पुंगी र केरुड खोलामा बनेका संरचना पनि हटाउने बताए ।

कानुनको दायरामा बसेर काम गर्छौ,उनले भने, ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? ’।

सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकार भएकाले यो अभियान निरन्तर रहने प्रमुख दाहालले बताए ।

उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने पनि उल्लेख गरे। नारायणी नदी किनारलाई अन्तर्राष्टिय पर्यटकीय स्थल बनाउने कार्य सम्पूर्ण महानगरबासीको साथ सहयोग अपेक्षा पनि गरे ।

अनुगमनमा प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्