काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले आज महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने र स्पेशल इकोनोमजी जोनको भ्रमणको तालिका छ। प्रधानमन्त्री प्रचण्डले मध्याह्न १२ बजे आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन्।
प्रधानमन्त्री प्रचण्ड शनिबार मध्यप्रदेशबाट दिल्ली हुँदै अपराह्न ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।