टिसीएस इन्फोसिसको अवलोकन तथा विज्ञान र प्रविधिमा भारतको प्रगतिबारे जानकारी लिंदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दोरस्थित टिसीएस इन्फोसिसको अवलोकन भ्रमण गरेका छन् ।टिसीएस इन्फोसिसको अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिमा भारतले गरेको विकास र प्रगतिका बारेमा जानकारी लिएका छन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीले नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण गरेका हुन् ।

त्यहाँ प्रधानमन्त्री प्रचण्ड लगायत भ्रमणदलका सदस्यहरूको टोलिले टाटा कन्सलटेन्सी सर्भिससको स्थलगत अवलोकन समेत गरेको छ । भारत भ्रमण सके आज नेपाल फर्कदै गरेका प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रहेको बताएका छन् ।

उनले भनेका छन् -‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो । भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण नेपालका लागि उपयोगी हुने विश्वास लिएको छु । साथै भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहान जीप्रति आभार प्रकट गर्दछु ।’

 

कमेन्ट गर्नुहोस्