प्रदेशलाई आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता : मन्त्री आचार्य

इटहरी । कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेशलाई आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता भएको बताएका छन् । सामाजिक संजाल फेस्बुक मार्फत उनले प्रदेश सरकार उत्पादनमुखी योजनामा लगानी गर्न तयार भएको बताएका हुन् ।

प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन उत्पादनसँगै राजस्व वृद्धि गर्ने उद्देश्यले प्रदेश सरकारलाई पनि आमदानी हुने खालका योजनामा लगानी गर्न तयार भएको बताए ।

याे पनि पढ्नुस  नेकपा युवा नेता जीवन आचार्यद्वारा ५ सय असहाय परिवारलाई राहत वितरणको अभियान शुरु

शनिवार आचार्यले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै यदि तपाईँको समुदाय वा क्षेत्रमा त्यस्तो योजना छ जसलाई प्रदेश सरकारले लगानी गरे बापत केही प्रतिशत सरकारलाई आम्दानीको रूपमा बुझाउनुहुन्छ भने सरकार यस्ता उत्पादनमुखी योजनालाई लगानी गर्न तयार भएको बताएका छन् ।

मन्त्री आचार्यले फेसबुकमा यस्तो लेखेका छन्

प्रदेश सरकारलाई आत्मनिर्भर बनाउन उत्पादनसँगै राजश्वमा वृद्धि महाअभियान सञ्चालन गरौं ।

उत्पादनसँग रोजगारी र समृद्धिको अन्तरसम्बन्ध हुन्छ। स्थानीय आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सके मात्र स्वाभिमानी र सबल समृद्ध नेपालको निर्माण गर्न सकिन्छ । हामीले हाम्रो मन्त्रालयमार्फत यो अभियानको थालनी गरिसकेको जानकारी गरॉउदछौं।

याे पनि पढ्नुस  नेकपा नेता जीवन आचार्यको पहलमा देउसी खेलेको रकम जीवन शर्माका छोराको उपचारमा

यदि तपाईँको समुदाय वा क्षेत्रमा त्यस्तो योजना छ जसलाई प्रदेश सरकारले लगानी गरे बापत केही प्रतिशत सरकारलाई आम्दानीको रूपमा बुझाउनुहुन्छ भने सरकार यस्ता उत्पादनमुखी योजनालाई लगानी गर्न तयार छ । सरकार अनुत्पादक क्षेत्रमा मात्रै लगानी गरेर बाँच्न सक्दैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ।

याे पनि पढ्नुस  बेलबारी राजवंशी धार्मिक स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनेछः मन्त्री आचार्य

प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता हो। प्रदेश सरकारहरू बलिया हुनु भनेको संघिय सरकार बलियो हुनु हो। देश बलियो हुनु हो, अन्ततः तपाईँ हामी सफल र समृद्ध हुनु हो।

आउनुस् सहकार्य गरौँ। उत्पादन, राजस्व वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरताको महाअभियान सञ्चालनका लागि हातेमालो गरौँ।

कमेन्ट गर्नुहोस्