काठमाण्डौं ।क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् । शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए ।
करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए ।उनले सुनाउँदै “जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्छ” बताए ।
करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन् । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युथहरूलाई नेपालमै अवसरको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।