५३.०३ अंकले बढ्यो नेप्से, एक अर्ब ६५ करोड ६३ लाख बराबरको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा पुगेर बन्द भएको छ ।

आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्