भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु, दुई वकिलले गरे बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जना सरकारी वकिलले बहस गरेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस सुरु भएको हो। इजलासले यस प्रकरणमा बहस गर्न तीन दिन छुट्याएको थियो।

जसअनुसार आज दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन‍्‍। सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद घिमिरे र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्। आफूहरूले अदालतमा पेस गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा बढाउन पर्याप्त भएको उनीहरूको भनाई थियो ।

सोमबार र मङ्गलवार पनि सरकारी वकिलले नै बहस गर्ने तयारी छ। त्यसपछि अर्को मङ्गलवार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्