काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्।
सीमा समस्याबारे प्रधानमन्त्रीले भारतीय नेतृत्वलाई घुमाउरो भाषामा सम्झाएको दाबी प्रतिनिधिसभाको सोमबारको बैठकमा केसीले गरे।
उनले कापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हुन् भनेर भारतीय नेतृतवलाई प्रधानमन्त्रीले सहमत गराउन खोजेको दाबी गरे।
प्रधानमन्त्रीले भारतसँग कूटनीतिक भाषा प्रयोगका क्रममा विज्ञको हवाला दिँदै भारतीय पक्षलाई उक्त भूमि नेपालकै हो भनेर सहमतिमा ल्याउन खोजेको भन्दै केसीले धन्यवाद पनि दिए।
‘कालापानी र लिपुलेक समावेश भएको नक्सा र भूभागमा पहिलोपटक प्रधानमन्त्रीले भारतान गएर त्यो हाम्रो भनेर स्पष्ट पार्नुभएको छ। त्यसमा उहाँलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘घुमाउरो शैलीमा कूटनीतिक भाषा प्रयोग गरी विद्वानको हवाला दिँदै प्रधानमन्त्रीले मोडालिटीको कुरा गर्नु भएको छ। उहाँले उक्त भूमि नेपालको भनेर भारतीय पक्षलाई सहमत पार्न खोजेको बुझेको छु।’
केसीले त्यो भूमि नेपालको भएको दाबीसहित नेपालका कुनै पनि नेताले आजसम्म भनेको सम्झना नभएको पनि बताए। नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने कुरा राम्रो भन्दै उनले कार्यान्वयनमा लानुपर्नेमा जोड दिए।