धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने छन् । आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले भने, ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ । खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौ ।
उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताए । सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीको भनाइ थियो ।
सम्मेलनमा रामदेव, बालकृष्ण आचार्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगतगुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति रहेको छ । सम्मेलन २५ गतेसम्म चल्ने छ ।
यसैबीच आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न योग गुरु रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताएका छन्।
सम्मेलनमा योगा, सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिएको थियो ।