राँगो ,नागरीकता र प्रतिपक्ष

शैलेन्द्र घिमिरे । सदनको पछिल्लो गतिविधि हेर्दा प्रतिपक्षी बेन्चमा राँगो भारतीय प्रधानमन्त्रीले भनेझैं हिट होइन सुपरहिट छ । साधारणका तर्कमा रागोको बारेमा यति विधि उफानिनुका पछाडी केहि कारण हुन सक्छन् ।

जस्तो कि त्यो राँगोले प्रतिपक्षको खेती खाइदिएको हुन सक्छ । कि तिनको दाम्लामा बाँधिएको भैंसीलाई जुधेर लडाइदिएको हुन सक्छ कि ति आफैलाई सिंङमा उनेर घाइते बनाइदिएको हुन सक्छ वा पन्ध्रसय किलोको राँगो राजनीतिको कोर्टमा एक्कासी आउँदा तिनको सातो गएको हुन सक्छ । कारण जे भए पनि सदनमा राँगो बहुत गरुगो ढंगले प्रवेश गरेको छ ।

मानौं यो बिना निर्वाचन सत्तापक्षको बेन्चमा गैरकानुनी तरिकाले प्रवेश गराइएको माननीय होस् । सदनको बेलमात्र होइन प्रतिपक्षको चेतना समेत हल्लाउने यो राँगो मामुली राँगो भने अवश्य होइन ।

यो राँगो विशेष राँगो हो । जस्का बारेमा पहिलो पटक केपी ओली प्रधानमन्त्री हुँदा यस्को खोजी गरियो । पछि शेरवहादुर प्रधानमन्त्री हुँदा यसमाथि बैना लगाइयो । यो रागो त्यो बेला नेपाल आउन मानेन वा दिइएन् । नमानेको होइन आउन दिइएन ।

अहिले यो आउने भएको छ ,आउँदा कस्ले पहिला दाम्लो समाउने त्यहि मारामुग्री नै हिजो आजको संसद हो । यति विशिष्ट राँगो आफुले माग्दा नआउने र छिमेकीलाई पाउना बोलाएर हातमा दाम्लो जिम्मा लगाएर पठाउनु पक्कै पनि भारतको प्रतिपक्षी दल प्रतिको अविस्वास नै हो । यो अविस्वास हाम्रो प्रतिपक्षले पचाउन नसकेपाछि उल्टी गर्नुको विकल्प रहेन । यो उल्टी तबसम्म सुल्टीमा फेरीदैन जबसम्म यस्को असली जस प्रतिपक्षलाई जाँदैन ।

सदनमा कुरो नागरिकता कानुनको चलिरहेछ । ठिक यहि वेला राँगो आउनुले प्रतिपक्षलाई झँस्काएको छ । यो हिजो किन आएन? अस्ती किन आएन ?किन ? ठिक्क नाागरीकता कानुन सँगसँगै आउनु पर्यो प्रतिपक्ष आशंकित छ ।

खासमा प्रतिपक्षलाई कालोवर्णका मानिसहरू नागरीक हुन जस्तै लाग्दैन ।सम्मो परेको भुगोल नेपाल हो जस्तो लाग्दैन ।काला मान्छेहरुको आन्दोलनमा यिनीहरुले राष्टिय अखण्डतामा प्वल देख्छन ।खुर्दलोटनमा भारतसँग सिमा जोगाउन लडेका नेपालीलाई प्रतिपक्षले चिन्दैन । कन्चनपुरमा सीमा सार्दा भारतीय गोली खाएको नेपालको छोरो होला भन्ने प्रतिपक्षलाई लाग्दैन ।

यी ठान्छन् काठमाडौंमा यीनको घर छ र यीनको आदेशमा तराइमा सिमा सुरक्षित छ । यो गज्जबको राष्ट्रवाद र हुटिट्याँउको आकाश उस्तै उस्तै हुन् तथापी यो भ्रम नै यीनको जिन हो । जो साधारण मेहनतले फेरीदैन । पहाड सिहदरबार अगाडि जति उफ्रे पनि हुन्छ । तराई उचालिनु हुँदैन । तराई पहाडकाले भनेको मानिरहनु पर्दछ । आफ्नै माटोले परिचयको कागज नथमाएर मधेस रोइरहनु पर्छ । तर यिनलाई मधेसको भोट चाँहिन्छ ।

यीनीहरू निर्वाचनमा मात्र त्यो जमिनमा जान्छन र भोट माग्छन । पैसा पेल्छन रागो काट्छन र जित्छन । पछि फर्किदैनन । फेरी पाँचवर्षमा त्यसरी नै आउछन पारकोटे राँगो, रौँसी र रकम बोकेर । यीनको राँगा सँगको सम्बन्ध गहिरो छ कुनै सालको राँगो भाग्य बनेर आउँछ कुनै सालको राँगो भाग्य बन्दैन । त्यस्तोमा कालै राँगो किन आयो निर्वाचन नआइकन ? प्रतिपक्षले खोजेको कुरा यो हो । पारकोटे रागो मुस्कीलले चारसय किलोको हुन्छ भारतबाट आएको राँगो पन्ध्रसय किलोको हुन्छ । के यो प्रतिपक्षलाई अर्को निर्वाचन सम्ममा माथ दिने तयारी हो ? अझ यो रागोको एक वर्षको सिमोनबाट एकलाख भौसिलाई गर्भधारण गराउन सकिन्छ नेपालमा करीब पचास लाखको संख्यामा रहेका भैसिलाई यी पन्ध्रको संख्यामा रहेका राँगाहरूले करीब पाँचवर्षमा गर्भधारण गराउन सक्नेछन । यस्तोमा नेपालका स्थानीय पारकोटे र लिमेको वंश के होला भन्ने चिन्ता प्रतिपक्षलाइ लाग्नु स्वभाविक हो ।

दैनिक साँडे दुइ लिटर दुध दिने लिमे र दैनिक साँडे तिन लिटर दुध दिने पारकोटे हाम्रो पहाडी पहिंचान भएको कुरामा प्रतिपक्ष जानाकार छ ।यी भैसिलाई विस्थापन गर्ने गरी दैनिक पन्ध्र लिटर दुध दिने व्युका रुपमा राँगो आउनु प्रतिपक्षीका लागी चिन्ताको विषय हो ।यो रागोको आगमन पछि नेपालमा दुध उत्पादन वढछ , दुधको पौष्टिकताले नागरीक वलिया र स्वास्थ हुन्छन स्वस्थ नागरीक हुनु भनेको अस्पतालको आम्दानी घटनु हो । स्वस्थ नागरीकको स्वस्थ दिमागले अहिलेको ढोक्सा राजनितीलाई अस्विकार गर्छ । ढोक्सा राजनिति नफाप्नु प्रतिपक्षको राजनिती ओरालो लाग्नु हो ।

जो चिन्ताको विषय हो । त्यसो त दुधको उत्पादन वढनु भनेको दुध छेलोखेलो हुनु हो ।छेलोखेलो भनेको पोखिनु पनि हो पोखिनु भनेको वहनु हो वहदा दुध त्यहि देश पुग्छ जहाँ वाट रागो आएको थियो । यो भारतकै हात माथि पर्नु हो । प्रतिपक्ष यस्तो गंभिर राष्टघात सहदैन वरु महाकाली भन्दा अझ उच्च स्तरको सम्झौता चाहन्छ । खासमा यो रागो वजार मुल्य घेरै माथि छ यो यसै अनुदानमा आउनु भनेको कमिसन खान नपाउनु पनि हो । यस्लाई यति ओम्नी वतास वाइड वडी जसरी नै कमिसनको खेलमा हालेको भए सायद प्रतिपक्ष खुशी हुँदोहो ।

त्यसो त प्रतिपक्षि वेन्चमा कट्टर हिन्दुवादीहरु पनि छन । तिनीहरु पुर्वराजाका नातेदार पनि हुन । तिनीहरुलाई रिसल्ला अगाडी पछाडी लगाएर वग्गीमा सयर गर्दा आफ्नो इज्जेत उजेलिएको अनुभुती हुन्छ ।अहिले ल्याइएको रागोले हलो तान्छ वग्गी तान्दैन ।यो रागोको ढाँडमा महँगो पाल्की सुहाउँदैन । यो राँगो किसानका लागी हो । प्रतिपक्ष घोडा चाहन्थ्यो, सत्तापक्षले प्रतिपक्षको चाहना वुझेन ।

हिन्दुत्वको वकालत गर्नेहरु भोजनमा खसी र वोका मन पराउछन । यो जनजाती पोष्ने काम हो । दुधको मात्रा नै बढाउनु थियो भने किन साँढे ल्याइएन , किन सानन जातीको बाख्रा ल्याइएन प्रतिपक्षको प्रश्न गभिर छ । प्रतिपक्षमा रहेकाहरुका लागी केही वोकाहरु ल्याइदिन सरकार तयार नहुनु कमजोरीको विषय हो । यो कुरो रोष्टममा उभिएर प्रधानमन्त्रीले किन भन्न नसकेका ।प्रतिपक्षको माग छिटो संवोधन होस । संसद सुचारु वनोस ।

कमेन्ट गर्नुहोस्