एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौं ।  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
आज भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार चीन र शनिबार चाइनिज ताइपेइसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् ।

यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्