काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।बैठक मंगलबार नै बस्ने भनिए पनि विशेष कारणले आजका लागि सारिएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची छ । साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।