बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० सय रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० ले बढेको थियो । त्यस्तैगरी, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

त्यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।

कमेन्ट गर्नुहोस्