अन्यायमा परेका सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्व : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्यायमा परेका सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्व रहेको बताएका छन् ।

सहकारीपीडित बचतकर्ताको आज माइतीघरमा गरेको प्रदर्शनीमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न सहकारीका बचतकर्ताको समस्या समाधान गर्न सरकारले समिति बनाएको बताए । गृहमन्त्री श्रेष्ठले भने, “सहकारीको बचतकर्ता पीडित उनीहरुको समस्या कसरी समाधान गर्ने भनेर सरकारले समिति बनाएको छ, यसले प्रतिवेदन दिन्छ।

नेपाली जनता जो काम गरेर त्यो बचत गरेको छ, यसको कसरी रक्षा गर्ने भन्नेबारे सरकार गम्भीर छ।” उनले आवश्यकता अनुसार सहकारी सञ्चालकको विभिन्न ढंगले छुट्टा–छुट्टै छानबिन गर्ने बताए । उनले भने, ‘‘सहकारी पनि दुई, तीन प्रकृतिका होलान्। उनीहरुको लगानी कहाँ–कहाँ छ। कोही लुटेर भाग्ने विभिन्न प्रकारका समस्या छन्। त्यो समस्या समाधान गर्न हामी प्रतिबद्व छौं।”

कमेन्ट गर्नुहोस्