काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पितृ शोकमा रहेका घनश्याम भुसाल घरमा पुगेका छन् ।
मृतक वुवालाई श्रद्धान्जली दिन तथा परिवारलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव, पूर्वमन्त्री एवं नेपाली राजनीतिका बौद्धिक नेता कमरेड घनश्याम भुसालको रूपन्देहिमा रहेको घरमा पुगेका हुन् ।
उनका बुबा जगन्नाथ भुसालको जेठ २१ गते बिहान ९७ वर्षको उमेरमा निधन भएको थियो । घनश्यामको परिवार स्याङ्जाबाट बसाइँ सरेर रुपन्देहीमा बसोबास गर्दै आएका भुसाल नेपाली कम्युनिष्ट आन्दोलनका बौद्धिक नेता मानिन्छन् ।