संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्य बन्यो नेपाल

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य बनेको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो ।

बिहीबार राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो ।

राष्ट्रसंघको वडापत्र १९४५ अनुसार ६ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो । यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ ।

कमेन्ट गर्नुहोस्