गल्याङ ।विकास प्रेमी नेता ५५ वर्षीय विष्णुबहादुर क्षेत्री विकास निर्माणकै क्रममा अस्ताएका छन् । बाटो निर्माणको क्रममा दुर्घटनामा परि स्यालबास निवासी ५५ वर्षीय पूर्ववडा अध्यक्ष विष्णुबहादुर क्षेत्रीको निधन भएको हाे ।
गल्याङ र मिर्मिबाट स्यालवास जाने बाटो निर्माणको क्रममा ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्दै गर्दा जेसिबी चिप्लेर जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भिर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको थियाे। घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मृतक क्षेत्रीको प्राथीव शरिर वालिङ् हस्पीटलमा राखीएको छ । उनको आइतबार (पर्सी) अन्त्यष्टि हुने माओवादी केन्द्रका स्याङ्जा जिल्ला संयोजक प्रकाश न्यौपाने (किरण)ले जानकारी दिए ।
संयोजक न्यौपानेले भने – ‘विष्णु जीका दुवै छोरा जापान हुनुहुन्थ्यो, उहाँहरू भोली ६ बजे सांझसम्म वालिङ भन्ने भएको छ । छोराहरू आएपछि आइतबार (पर्सी) अन्यष्टि गर्ने कुरा भएको छ । जेसीवी डोजरले गिटी टयाक्टरमा लोड गर्दै गर्दा डोजर व्याक भएर डोजर बकेटले धकेलेर ट्याक्टरको ढालामा च्याप्पीन पुगी छातीमा गहिरो चोट लागेको र मर्मी हस्पीटलमा पुर्याएको करिब २ घण्टापछि निधन भएको रहेछ । उहाँको निधनले जिल्ला पार्टी स्तब्ध बनेको छ ।’
क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।नेकपा (माओवादी केन्द्र) स्याङ्जा जिल्ला समन्वय समिति सदस्य समेत रहेका पूर्ववडा अध्यक्ष क्षेत्रीले विकास प्रेमि नेताको परिचय बनाएका थिए ।