चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चितवन क्षेत्र नम्बर–२ का अध्यक्ष अवनी सापकोटा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
सपकोटासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरेकी छन् ।
पार्टी प्रवेशको लागि सहजीकरण नेता उत्तम सुवेदीले गरेका थिए । पार्टी प्रवेश कार्यक्रमको संचालन बागमती प्रदेश सचिवालय सदस्य प्रेम भुजेलले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन पाठक, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका सचिव संजय बरालसहितको उपस्थिति रहेको थियो।