प्रधानमन्त्री प्रचण्डद्धारा अर्केष्ट्रा-११४३ उद्घाटन (तस्बिर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अर्केष्ट्रा-११४३ को उद्घाटन गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित नेवारी समुदायको संस्कृतिमा आधारित अर्केष्ट्रा ११४३ लाई प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

अर्केष्ट्रा काठमाडौं महानगरपालिका र ज्यापु महागुठी नेपाः केन्द्रीय समितिको आयोजनामा सम्पन्न हुँदैछ।

आर्केष्ट्रामा ४०० जना कलाकारले एकैपटक बाजा बजाईरहेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृती संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफुले विश्वास लिएको तथा संस्कृती संरक्षणको लागी ज्यापू गुठी महासङ्घ लगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

तस्बिर : प्रदिपराज वन्त

कमेन्ट गर्नुहोस्