स्याङ्जा। स्याङ्जा जिल्लाको वालिङमा वर्षाको माग गर्दै भ्यागुताको विवाह गरिएको छ । लामो समयको खडेरीका कारण अन्नबाली तथा तरकारी बाली र जनजिवन समेत प्रभावित भएपछि भ्यागुताको विवाह गरेर वर्षाको मागिएको हो ।
वालिङ ८ ब्याङतुङबाट बाजागाजासहित जन्ती गएर वालिङ ६ को भरुवामा भ्यागुताको विवाह गरी इन्द्रदेवसँग वर्षाको माग गरिएको हो ।
ब्याङतुङका महिला तथा पुरुषहरु सहभागी भ्यागुताको विवाह कार्यमा विधिपुर्वक पुजापाठक गरी विभिन्न पकवान बनाई विवाहको प्रसादको रुपमा समेत ग्रहण गरिएको छ ।