भरतपुर । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माणाधीन तटबन्ध भैरहेको छ ।
पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ ।
भरतपुर महानगर क्षेत्रको नारायणी नदीमा नारायणघाट देखि गोलाघाटसम्म २३ किलोमिटर तटबन्ध निर्माण कार्य भइरहेको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन ।