काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालकाे नियमित स्वास्थ्य परिक्षणको लागि थापाथलीमा रहेकाे नर्भिक हस्पिटल पुगेका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरूले उनको स्वास्थ्य परिक्षण गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नर्भिकमा प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएका छन् ।