काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्।
नाम, थर, वतन खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ ।