काठमाडौं । राष्ट्रिय युवा परिषद् मातहत रहेको सहिद तथा बेपत्ता युवा सञ्जालले मिडिया साक्षरता विषयकमा कार्यशाला सम्पन्न गरेको छ ।
५० जना सहिद तथा बेपत्ता योद्वाका सन्तति सहभागी उक्त कार्यक्रममा मिडिया साक्षरता,डिजिटल गोपनियता र सुरक्षा, मिथ्या सूचना साथै भ्रामक सुचना र जाँच विषयमा अन्तरक्रिया भएको थियो ।
राष्ट्रिय युवा परिषदको आर्थिक सहयोग व्यवस्थापनमा सहिद तथा बेपत्ता योद्वा सन्तति युवा सञ्जालले काठमाडौंको ठूलो भर्याङ्मा उक्त कार्यशाला संचालन गरेको हो ।
प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत रहेको उक्त कार्यशाला अत्यन्तै उत्साहवर्दक र प्रभावकारी भएको सो कार्यक्रमका अध्यक्ष आरति शर्माले जानकारी दिइन्। साथै अगामी दिनमा रोजगारी र उधमशिलतालाई केन्द्रमा राखेर कार्यक्रम बनाइने उनले बताइन् ।