राष्ट्रिय सुरक्षा परिषदमा सिंहदरबारमा

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा बसेको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो ।

यो नियमित बैठक हो ।
नेपालको संविधानको भाग–२८ को धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषदसम्बन्धि व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा तपसिल बमोजिमका सदस्यहरु रहन्छन्

१. प्रधानमन्त्री – अध्यक्ष
२. संघीय सरकारको रक्षामन्त्री – सदस्य
३.संघीय सरकारको गृहमन्त्री – सदस्य
४. संघीय सरकारको परराष्ट्रमन्त्री – सदस्य
५.संघीय सरकारको अर्थमन्त्री – सदस्य
६.संघीय सरकारको मूख्य सचिव – सदस्य
७.नेपाली सेनाको प्रधान सेनापति – सदस्य
८.संघीय सरकारको रक्षा सचिव – सदस्य सचिव

कमेन्ट गर्नुहोस्