काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज संसदीय सुनुवाइ समितिले सवाल–जवाफ गर्ने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ ।
समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्। बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए।
उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका छन्। गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका छन्।