गल्याङ । नेकपा माओवादी केन्द्र स्याङ्जाले पार्टीका जिल्ला समन्वय समिति सदस्य विष्णु बहादुर वस्याल क्षेत्रीको स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ५ स्थित दिवङ्गत विष्णु बहादुर वस्याल क्षेत्रीको निवास जोगीमारामा माओवादी केन्द्र स्याङ्जाले उनको निधनको ७औं दिनका दिन हिजो (बिहिबार)माओवादी केन्द्रका केन्दीय महासचिवको देव गुरङको प्रमुख उपस्थितिमा सो श्रद्धान्जली सभाको आयोजना गरेको हो ।
मृतक क्षेत्रीलाई श्रद्धाञ्जली दिन र परिवारलाई समवेदना दिनका लागि नेकपा (माओवादी केन्द्र)का महासचिव तथा पूर्व मन्त्री देव गुरुङ्ग, स्थाई समिति सदस्य तथा सविधानसभा सदस्य अमृता थापा मगर , केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे , पूर्व राष्ट्रिय सभा सदस्य खिम कुमार विक, पूर्व मन्त्री दिपक चर्त्ती मगर , गण्डकी प्रदेश अध्यक्ष तथा पूर्व सांसद गायत्री गुरुङ् , कल्पना अर्याल , नेकपा (एमाले)गण्डकी प्रदेश सचिवलय सदस्य तथा संविधान सभा सदस्य मुक्ति प्रसाद पाठक, जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस) , जिल्ला सचिवालय सदस्य रामविर गुरुङ, नेपाली कांग्रेसका जिल्ला सचिव तथा गल्याङ नगर मेयर गुरू भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज तिलक अधिकारी , जनमुक्ति पार्टीका जिल्ला सचिव कृष्णा राना,जन निर्वाचित वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू लगायतका विभिन्न पार्टीका नेता कार्यकताको उपस्थिति रहेको माओवादी केन्द्र स्याङ्जा जिल्लाका संयोजक प्रकाश न्यौपाने(किरण)ले जानकारी दिए ।
श्रद्धान्जली सभामा विष्णु क्षेत्रीले समाजलाई गरेको योगदान र गल्याङको ममृद्धिका पक्षमा खेलेको भुमिकाका विषयमा चर्चा भएको थियो । जनताको पक्षमा निरन्तर डटिरहने कर्मठ व्यक्तित्वको दुःखद निधनले पार्टी र सिंगो समाजलाई ठुलो क्षति पुगेको महासचिव गुरुङले बताएका थिए ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य लोकेन्द्र थापाले गरेका थिए भने अध्यक्षता जिल्ला संयोजक प्रकाश न्यौपाने (किरण) ले गरेका थिए ।
सडक निर्माणमा खटिदै गर्दा दुर्घटनामा परि गम्भिर घाइते उनको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा जेठ २६ गते निधन भएको थियो ।माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य समेत रहेका पूर्ववडा अध्यक्ष ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको मिर्मि सेतिवेनी लोकमार्ग अन्र्तगत बिरौटा भन्ने ठाउँमा जेसिविले धक्का दिई ट्याक्टरमा च्यापिन पुग्दा सो दुर्घटना भएको थियो।२०२४ साल पुष २५ गते जन्मेका उनका दुई छोरा दुई छोरी रहेका छन् ।