काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनियताको शपथ गराइएको हो ।
कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।