मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगि मेलम्ची आयोजनाको स्थलगत निरीक्षण र बृफिङ्ग लिए ।
निरीक्षणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे मेलम्ची स्थित मेलम्ची खानेपानी आयोजना मुहान अम्बाथानमा प्रधानमन्त्री प्रचण्ड समक्ष बृफिङ्ग गरे ।
बृफिङ्गका क्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराए । साथै, मेलम्चीमा आएको बाढीले आसपासका ४०० घर नष्ट भएको र ती जनताको समस्याप्रती पनि ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफू यस क्षेत्रका समस्याबारे सोही बाटो भएर आएको र समस्या लाई गम्भीरतापूर्वक लिएको जानकारी गराए ।