काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले ओलीसँग भेट गरी बरियतको बार्गेनिङ गरेका छन् । आज भएको भेटमा उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिम सहित एमालेमा जाने बताएका हुन्।
आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेमा आफुले ओली पछिको बरियता पाउनुपर्ने माग राखेका छन् ।
एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका हुन् ।