बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाढी तथा पहिलो प्रभावित पूर्वी नेपाल पुग्ने भएका छन् । बाढी तथा पहिरोले क्षेती पुर्याएका जिल्लाहरु ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्ला पुग्न लागेको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

‘ प्रभावित क्षेत्रका जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकन गरि उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन उहाँहरु जान लाग्नुभएको हो,’ प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव मल्ले भने-‘उहाँको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री र सहरी विकासमन्त्री तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु मा।योगेश भट्टराई, मा।बसन्त नेङ्वाङ, मा।दिपक खड्का,मा। राजेन्द्र कार्की(कोशी प्रदेशसभा)र नेता खेलप्रसाद बुढाथोकी हुनुहुन्छ। साथमा नेपाली सेनाका प्रधानसेनापती ज्यु, गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि हुनुहुन्छ।’

प्रधामन्त्रीको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने आजै मात्र भौतिक पुर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाईएको छ।

कमेन्ट गर्नुहोस्