गायक उर्गेन दोङ्ग कतारमा, शुक्रबार डम्फु साँझ

महेश दाहाल, दोहा। प्रवासी तामाङ समाज कतारको आयोजनामा सम्पन्न हुन गइरहेको डम्फु साझ २०२३ लाई भब्य ढङ्गले सफल बनाउन चर्चित गायक उर्गेन दोङ सहित सेलो गायक बैरागी मोक्तान र म्हेन्दो माया गायिका सबिना तामाङ कतार आइपुगेका छन् । तामाङ समाजका पदाधिकारीहरूले काठमाडौंमा बिदाइ गरेर पठाएका कलाकारहरूलाइ दोहा एयरपोर्टमा प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ लगायत पदाधिकारिहरूले भब्य स्वागत गरेका थिए ।

आयोजक सस्थाको निमन्त्रणामा बुधबार बिहान गायक बैरागी मोक्तान र गायिका सबिना तामाङ कतार आइपुगेका थिए भने गायक उर्गेन दोङ्ग गत राती कतार आइपुगेका हुन नेपालबाट कलाकारहरू कतार आइपुगे सँगै डम्फु साझको प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ ।

आयोजक सस्थाको मातहतमा रहेको शैक्षिक विकास कोषको प्रबर्द्धन तथा मौलिक बाजा डम्फुको संरक्षण गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको हुनाले कतारमा विभिन्न पेशा व्यवसायमा आवद्ध भएर रहेका सबै नेपालीहरूलाइ उपस्थित हुन सस्थाका उपाध्यक्ष अस्मिता तामाङले आव्हान गरेकी छिन् । कार्यक्रम आगामी शुक्रबार २३ जुनमा कतारको प्रसिद्ध रिजेन्सी हलमा हुनेछ ।

कार्यक्रममा नेपाल देखि आएका कलाकारहरुको साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने छ । साथै, कार्यक्रम स्थलमा विभिन्न पुस्तकहरूको स्टल पनि राखिने भएको छ दर्शकहरूले आफुलाइ मन परेको पुस्तक सहज ढङ्गले लिन सक्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्