काठमाडौं । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए । पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए ।
नबिल र मेगा बैंकको प्रमुख कार्यकारी भइसकेका शाह आजै आधिकारिक रुपमा रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति लामिछानेले स्वागत गरेका थिए ।