मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताएका हुन्। उनले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताएका हुन् ।

मन्त्री महतोले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रस्ताव गरिएको स्पष्ट पारे

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए । त्यस्तै, निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार–पसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्