जलहरीमा लगाएका थिए तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीले आफ्नै नाम नै कुँद्न

काठमाडौं । जलहरीमा तत्कालीन सत्तासिन नेताहरूको नाम कुँदिएको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले गरेकाे नापतौलमा सो जलहरीमा राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको नाम कुँदिएको भेटिएको हो  ।

तत्कालीन प्रधानमन्त्री ओलीकै विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अघि बढाइएको थियो । विवादबीच तत्कालीन राष्ट्रपति भण्डारीले जलहरी अनावरण गरेकी थिइन् । त्यतिवेला पर्यटनमन्त्री ढकाल थिए । जलहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको हो । स्रोतका अनुसार धार्मिक, पुरातात्विक र ऐतिहासिक जलहरीमा सयौँ वर्षपछिसम्म अभिलेख रहने भएकाले नाम नै कुँद्न लगाइएको हो ।

नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजि सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजि २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजि जलहरीमा प्रयोग भएको थियो ।

कमेन्ट गर्नुहोस्