प्लेअफमा स्थान बनाएको नेपालको प्रतिद्वन्दीमा रहने टिमको टुंगो आज लाग्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्लेअफमा स्थान बनाएको नेपालको प्रतिद्वन्दीमा रहने टिमको टुंगो आज लाग्नेछ ।

प्रतियोगिताको दशौं दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको २० औं खेलमा आयरल्यान्ड र युएई खेल्दैछन् । बुलाबायो स्पोर्टस् क्लबमा हुने खेलको पराजित टोलीसँग नेपालले प्लेअफमा भेट्ने छ ।

नेपाल समूह ए को चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । समूह बी मा यस खेलमा पराजित हुने टोली पुछारमा रहने हुँदा पराजित टोलीसँग नेपालले खेल्नेछ । यस खेलमा विजेता हुने टोलीले प्लेअफमा अमेरिकासँग खेल्नेछ । अर्को खेलमा भने श्रीलंका स्कटल्यान्डसँग खेल्दै छ । सो खेल जिम्बावेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ ।

सुपर सिक्समा स्थान बनाईसकेका दुवै टोली २ अतिरिक्त अंकका साथ समूह चरणको खेल समाप्त गर्न चाहन्छन् । र, यस खेलको विजेता समूह बी को विजेता र पराजित टोली उप विजेता बन्नेछ । सुपर सिक्सका खेलहरु आगामी बिहिबारबाट सुरु हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्