काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदलाई भोली अनिवार्य संसद् भवनमा उपस्थिति हुन ह्विप जारी गरेको छ।
कांग्रेस सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा आव २०८०/८१ को बजेट विनियोजन विधेयक बुधबार निर्णयार्थ प्रस्तुत हुने भएकाले तटस्थ नहुन पनि निर्देशन दिइएको छ।
‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।