काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले राष्ट्रिय योजना आयोगको भूमिकालाई प्रभावकारी बनाउन आयोगकाे पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय योजना आयोगको कमजोर प्रर्दशनलाई स्वीकार गर्दै आयोगको भूमिका प्रभावकारी नहुनुमा कार्यविधिमा आधारित भएर गरिएको काम भएको उल्लेख गरे । प्रभावकारी रुपमा योजना निर्माणदेखि कार्यान्वयन गराउने विषयमा आयोगको कमजोर अनुगमनलाई सुधार गर्नुपर्नेमा उनको जोड छ ।त्यसका लागि आफूहरुले काम गरिरहेको उनको भनाई थियो ।
‘योजना आयोगको भूमिका कहाँ भन्दा अनुगमन तथा मूल्यांकनमा हो । कमजोर भूमिका भयो भनेर त्यसलाई बलियो बनाउँनका लागि पहिला कार्यविधिबाट काम गर्दै आएका थियौं, त्यो सशक्त हुन नसेपछि अहिले अनुगमन तथा मूल्यांकन ऐन नै संसदमा छलफलको क्रममा रहेको छ । ऐन आयो भने राष्ट्रिय योजना आयोगले गर्ने अनुमगमन मूल्यांकनमा अहिलेको अवस्था रहँदैन् ।’
त्यस्तै उनले नेपालमा संरचनागत समस्या जकडिएर रहेको अवस्थामा अझै एक दशक बढी योजनाबद्ध विकासको आवश्यकता रहेको उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले सोह्रौं योजनामा डिजिटल डेटावेस र इ–गर्भनेन्समा फड्को मार्ने गरी धेरै कुराको सम्बोधन गर्ने पनि बताएका छन् । उनले आयोगले तय गरेका लक्ष्य पुरा हुन नसकेको गुनासोलाई स्वीकार गर्दै अघिल्ला योजनाहरुमा आर्थिक विकासको लक्ष्य हाँसिल गर्न नसके पनि सामाजिक विकासका लक्ष्य पुरा गर्नमा आयोग सफल भएको जिकिर गरे ।
पन्ध्रौं योजनाको लक्ष्य पूरा गर्न नसक्नुमा कोभिड महामारी, रुस युक्रेन युद्धले अर्थतन्त्रमा पारेको नकारात्मक असर, अन्तर सरकारी निकायको बीचमा समन्वयन अभावलाई देखाएका श्रेष्ठले आगामी १६ औं योजनामा विकासको फड्को मार्ने गरी काम हुने दाबी गरे ।
‘अहिलेको हाम्रो चुनौति भनेको समस्याहरुको पहिचान भैसकेको छ, समाधानको लागि कुरामात्र हैन रिजल्ट देखिने गरि समाधाम गर्न सकिने खालको रणनीति र कार्यक्रमहरुको खोजीमा छौं ।’ उनले भने ।
त्यस्तै उनले सोह्रौं योजनामा प्राकृतिक स्रोतहरु वनजंगल,ढुंगा,गिट्टी,बालुवा,पानी लगायतका प्राकृतिक साधनको विवेकशील प्रयोग गर्न चाहेको स्पस्ट पारे । ‘आगामी सोह्रौं योजनाको एउटा थस्ट भनेको प्राकृतिक स्रोत साधनको विवेकशील प्रयोगमा हुनेछ ।