भेरी बबई र सुनकोशी मरिण डाइभर्सनको पछिल्लो अवस्था जानकारी लिंदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट भेरी बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

आयोजनाबारे जानकारी लिने भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री प्रचण्ड, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्यााललका पदाधिकारीहरू सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्