चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताएकी छन् ।केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेको उल्लेख गरिन।
भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उनको भनाई थियो ।
सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहालले बताइन
। व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उनले जानकारी दिइन ।
सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वधार निर्माण हुने उनको भनाई छ ।
करुङ्गा खोलाको सीमाङ्कनको कार्य बिहिबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य सुरुभएको हो । सीमाङ्कन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गरे । अहिलेपुङ्गी खोलाको सीमाङ्कनको काम भईरहेको छ ।
केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रकृया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए ।
संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्नेईन्जिनियर शिवहरि अधिकारीले जानकारी दिए ।
केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रु ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दाँया बायाँ साईकल ट्रयाक र ठाउँठाउँमा पार्क हुनेछन् ।