काठमाडौं । मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा शुक्रबार दिउँसो अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका हुन्।
नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाका विषयमा अनुसन्धान भैरहेको छ ।