नारायणगढ–मुग्लिन सडक झन्डै २८ घण्टापछि एकतर्फी सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।

अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।

इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसोदेखि पहिरो खसेको थियो । बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएको थियो । जसका कारण यात्रुहरू अलपत्र परेका थिए ।

अवरुद्ध सडक खण्ड निरीक्षणका लागि रास्वपाका सभापति रवि लामिछाने पनि पुगेका थिए ।

कमेन्ट गर्नुहोस्