टस जितेर मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी अन्डर सिक्सटिन (U-16) इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेपछि घरेलु टोली मलेसियाले बलिङ गर्ने भएको हो।

नेपाली टोली मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि उचाल्ने दाउमा छ।

सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।मलेसिया भने हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रतिस्पर्धामा प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्