इजरायलको हवाइ आक्रमणमा ८ जना प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायलले गरेको हवाइ आक्रमणमा ८ जना प्यालेस्टिनी मारिएका छन् ।

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् । आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए ।

यसैबीच, प्यालेस्टाइनको आतङ्कवादी सङ्गठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ । प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ । इजरायली सेनाले यो क्षेत्रमा केही दिनदेखि आक्रमण बढाउँदै गइरहेको छ तर यो आक्रमणलाई उनीहरूले आतङ्कवादविरुद्धको गतिविधि भनेका छन् । यस अंग्रेजी वर्षको सुरुवातदेखि इजरायली सेनाको आक्रमणमा २९ जना प्यालेस्टिनीहरू मारिएका छन् । इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्